सरकारले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

काठमाडौंः सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व वैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै, बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण प्रणालीका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ।
भदौ २८, २०७९ मंगलबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।