१६ वर्ष कान्छी श्रीमतीको हत्या अभियोगमा लामा पक्राउ

१६ वर्ष कान्छी श्रीमतीको हत्या अभियोगमा लामा पक्राउ

काठमाडौंः आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

हत्या अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको हो।

रुपा र घ्याल्मोको उमेर १६ वर्षको फरक छ।

गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविवाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ २८, २०७९ मंगलबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।