प्रचण्डसँग चिनियाँ सभामुखको भेट, दुई देश र पार्टीबीचको सम्बन्धका विषयमा छलफल

काठमाडौं: चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष तथा सभामुख ली चान्शु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै पक्षका नेताहरूबीच भेटवार्ता भएको हो।
भेटमा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए।
दुई पक्षबीच दुई देश र पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो। साथै विविध समसामयिक विषयमा छलफल भएको बताइएको छ।
यसअघि चान्शुले एमाले अध्यक्ष ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरिसकेका छन्।
आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेट गर्नेछन्। भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यतालिका रहेको छ।
भदौ २८, २०७९ मंगलबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।