एमाले अध्यक्ष ओलीलाई भेटे चिनियाँ सभामुख लीले, आपसी हितका विषयमा छलफल

एमाले अध्यक्ष ओलीलाई भेटे चिनियाँ सभामुख लीले, आपसी हितका विषयमा छलफल

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ।सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ।

भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरू अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत थिए।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्शुले आजै अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्ने पनि कार्यक्रम छ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै भेटवार्ता हुनेछ। उनले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

उनी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ।

भदौ २८, २०७९ मंगलबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।