मङ्गलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, चाँदी एकैदिन ३५ रुपैयाँले बढ्यो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो।
आज चाँदी तोलामा एक हजार १८५ रुपैयाँ कायम छ।
भदौ २८, २०७९ मंगलबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।