चिनियाँ सभामुखको भ्रमणका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं: चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष तथा सभामुख ली चान्शुको नेपाल भ्रमणले काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ। चान्शुको शीर्ष नेताहरूसँगको भेटवार्ताका कारण आज पनि काठमाडौं उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।
कार्यालयले बिहान पौने ९ बजेदेखि नै सवारी आवागमन प्रभावित हुने जनाएको थियो। त्यस्तै साढे ११ बजेबाट रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी दिउँसो ४ः३० बजे पद्योदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ।
भदौ २८, २०७९ मंगलबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।