साफ च्याम्पियनशिपमा माल्दिभ्स-पाकिस्तान र भारत-बङ्गलादेश भिड्ने

काठमाडौं: जारी महिला साफ च्याम्पियनशिप फुटबलअन्तर्गत आज दुई खेल हुँदैछ। आज समूह 'ए'अन्तर्गतको माल्दिभ्स र पाकिस्तान तथा भारत र बङ्गलादेश भिड्नेछन्।
माल्दिभ्स र पाकिस्तानबीचको खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ। यस्तै भारत र बङ्गलादेशबीचको खेल साँझ ५:३० मा सुरु हुनेछ।
पहिलो खेल खेल्ने दुवै टोली हाल प्रतियोगिताबाट बाहिरिइसकेका छन्। उनीहरू आज औपचारिक खेल मात्र खेल्दैछन्।
यता दोस्रो खेल भने दुवै सेमिफाइनलिस्टबीच हुनेछ। भारत र बङ्गलादेश दुवै सेमिफाइनलमा पुगिसकेका छन्। आजको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ।
यता समूह 'बी' बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन्।
भदौ २८, २०७९ मंगलबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।