जलवायु परिवर्तन सम्बन्धी बैठकमा भाग लिन वनमन्त्री यादव सेनेगल गए

काठमाडौं: वन तथा वातावरणमन्त्री प्रदीप यादव सेनेगल गएका छन्। जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन उनी सेनेगल गएका हुन्।
बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने छन्।
भदौ २८, २०७९ मंगलबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।