बाढीले पीडित भएको पाकिस्तानलाई नेपालले राहत सामग्री दिने

बाढीले पीडित भएको पाकिस्तानलाई नेपालले राहत सामग्री दिने

काठमाडौं: नेपालले पाकिस्तानलाई राहत सामग्री उपलब्ध गराउने भएको छ। करिब दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराउने बताए।

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ। पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

भदौ २८, २०७९ मंगलबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।