चार्ल्स तृतीयद्वारा पहिलो पटक संसदलाई सम्बोधन

एजेन्सीः बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्।
बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो।
सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उहाँले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिए।
भदौ २७, २०७९ सोमबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।