विनानिष्कर्ष सकियो सत्ता गठबन्धन शीर्ष नेताको बैठक

विनानिष्कर्ष सकियो सत्ता गठबन्धन शीर्ष नेताको बैठक

काठमाडौंः सीट बाँडफाँट टुंग्याउन बसेको गठबन्धनका शीर्ष नेताको बैठक सोमबार पनि विनानिष्कर्ष सकिएको छ।

विहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको भए पनि सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्कीले एउटै सीटमा तीन दलले दाबी गरेकाले त्यसलाई दुईपक्षीय वा तीनपक्षीय वार्ता भइरहेको बताए।

‘एउटै सीटमा २र३ पक्षले दाबी गरेको अवस्था छ,’ उनले भने, ‘त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेका छन्।’

दलहरूले आ–आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ।

भदौ २७, २०७९ सोमबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।