श्रीलंकालाई ६–० ले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

श्रीलंकालाई ६–० ले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा
फाइल तस्बिर

काठमाडौंः श्रीलंकालाई ६–० गोलले पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

सोमबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोलल पराजित गरेको हो। नेपालले पहिलो हाफमा चार गोल गरेकोमा दोस्रो हाफमा थप दुई गोल गरेको हो।

नेपालको जितमा अमिशा कार्कीले दुई तथा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक–एक  गोल गरे।

सरुले खेलको १०औं मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औं मिनेटमा गोल गरिन्।

अमृताले १७औं मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन्।

खेलको ७६ औं मिनेटमा गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाएकी अमिषाले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन्।

भदौ २७, २०७९ सोमबार १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।