नेवार र तामाङ भाषालाई कामकाजको भाषा बनाउन बागमती प्रदेशले थाल्यो प्रक्रिया

नेवार र तामाङ भाषालाई कामकाजको भाषा बनाउन बागमती प्रदेशले थाल्यो प्रक्रिया

काठमाडौंः बागमती प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो नेवारी (नेपाल) र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया थाल्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णशर्मा खनालले जानकारी दिए।

यस्तै, सरकारले असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ।

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालका रूपमा विकास गरिने निर्णय गरेको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको छ।

भदौ २७, २०७९ सोमबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।