विभिन्न राजनीतिक दलसँगका सम्झौता कार्यान्वयनमा  सरकारले दोहर्‍यायो प्रतिबद्धता

विभिन्न राजनीतिक दलसँगका सम्झौता कार्यान्वयनमा  सरकारले दोहर्‍यायो प्रतिबद्धता

काठमाडौँ : मन्त्रीपरिषद् बैठकले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध दोहोर्याएको छ। सोमबार साँझ बसेको बैठकले सरकारले विभिन्न दलहरूसँग गरेको सम्झौताहरू प्रक्रिया पुर्याएर यथाशीघ्र फर्स्यौट गर्ने निर्णय गरेको हो।

सरकारले नेपाल कम्युनिस्ट पार्टी, थारु कल्याणकारी सभा-थरुहट- थारुवान संयुक्त सङ्घर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग विभिन्न मितिमा समझदारी  र सम्झौता गरेको छ।

समझदारी र सम्झौता कार्यान्वयनका लागि प्रशासनिक तथा अर्धन्यायिक प्रकृतिका बाँकी काम र मुद्दाहरूको हकमा तत्काल तत्तत् निकायबाट प्रक्रिया पुर्याई यथाशीघ्र फर्छ्यौट गर्ने गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

कानुनी रिक्तता वा अड्चनका कारण सम्झौताका कार्यान्वयन हुन बाँकी विषयहरूका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध र संशोधन प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ। 

भदौ २७, २०७९ सोमबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।