महिला साफ : नेपाल ४–० गोलले अगाडि

काठमाडौंः महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ।
त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो।
नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एकएक गोल गरे।
सरुले खेलको १०औं मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औं मिनेटमा गोल गरिन्।
अमृताले १७औं मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन्।
भदौ २७, २०७९ सोमबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।