१ किलो लागुऔषधसहित १७ वर्षीय किशोर पक्राउ

भक्तपुरः एक किलो लागुऔषध पोल्याण्ड सहित प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
मकवानपुर थाहा नगरपालिका–७ घर भई काठमाडौं नैकाप बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
साथै प्रहरीले धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतानलाई पनि पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ २७, २०७९ सोमबार १८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।