सभामुख सापकोटा र ली चानसुबीच भेटवार्ता

सभामुख सापकोटा र ली चानसुबीच भेटवार्ता

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसुबीच शिष्टाचार भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा उनीहरूबीच भेटवार्ता भएको सभामुखको सचिवालयले भनेको छ।

चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका ली चानसुको सम्मानमा आजै सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिएको छ।

ली चानसुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने भोलिनै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्नेछन्।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भदौ २७, २०७९ सोमबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।