१७९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५९ जनाको नमूना परीक्षण गरिएकोमा १ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार १ सय ७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार २ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।
भदौ २७, २०७९ सोमबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।