नेप्से दोहोरो अंकले घट्दा कारोबार ८३ करोडमा खुम्चियो

नेप्से दोहोरो अंकले घट्दा कारोबार ८३ करोडमा खुम्चियो

काठमाडौंः कारोबार हुने साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ।

सोमबार नेप्से परिसूचक १३.५४ अंकले घटेर १९१२.७४ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक २.३९ अंकले झरेर ३७२.३४ विन्दुमा छ।

बजार घट्दा कारोबार रकम पनि ह्वात्तै घटेको छ। २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८३ करोड १६ लाख रूपैयाँको कारोबार भयो।

उपसूचक समूहतर्फ म्यचुल फण्डबाहेक सबै समूह ओरालो लागेका छन्। सबैभन्दा बढि अन्य र त्यसपछि जलविद्युत् समूह ओरालो लाग्दा अन्य समूहमा पनि सामान्य गिरावट आएका छन्।

यसदिन नविल बैंकमा लगानीकर्ताले ४ करोड ७ लाखको कारोबार गरेका छन्। यस्तै सबैभन्दा बढि कारोबार गर्ने दोस्रो कम्पनी रिदि हाइड्रोपावर छ। उसले २ करोड ७९ लाखको कारोबार गरेको छ।

भदौ २७, २०७९ सोमबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।