चाबहिलमा झ्यालको ग्रिल निकालेर दिउँसै ६ लाख चोरी

चाबहिलमा झ्यालको ग्रिल निकालेर दिउँसै ६ लाख चोरी

काठमाडौंः राजधानीको चाबहिलमा झ्याल ग्रिल निकालेर ६ लाख बराबरीको चोरी भएको छ।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका–७ चाबहिल बुलबुले डेरा गरी बस्ने झापा घर भएका ३६ वर्षीय प्रकाश थापाको कोठाबाट करिब ६ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको हो।

अपरिचित व्यक्तिले झ्यालको ग्रिल निकालेर कोठामा प्रवेश गरी उक्त धनमाल चोरी गरी लगेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ।

भदौ २७, २०७९ सोमबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।