५४ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम, अब फिल्डमा खटाइने

काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५४ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम दिएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो।
सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले ट्राफिक प्रहरीले कानुन संम्मत ढंगले संयमित, धर्यवान र कर्तव्यनिष्ठ भएर तालिममा प्राप्त गरेको ज्ञान सिपलाई व्यवहारमा उतारी ट्राफिक व्यवस्थापनमा आफ्नो उत्कृष्ट योगदान दिनुपर्नेमा जोड दिए।
गत साउन ३ गतेदेखि सञ्चालित तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३९ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थी थिए।
भदौ २७, २०७९ सोमबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।