त्रिबिमा अराजकता मच्चाउने नेविसंघको सबै समिति विघटन

त्रिबिमा अराजकता मच्चाउने नेविसंघको सबै समिति विघटन

काठमाडौँ : सङ्गठनको नाममा अराजकता मच्चाएको भन्दै नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघको केन्द्रले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ।

केन्द्रले समिति नै विगटन गर्दै अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने निर्णय छ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा नेविसंघको नाममा एकपछि अर्को आन्दोलन भएसँगै यसले संसद्मा समेत प्रवेश पाएको थियो। विश्वविद्यालयको बैठक भइरहेको स्थानमै गएर माइन्युट बुक नियन्त्रणमा लिने अनि निरन्तर ताल्चा लगाउने गतिविधि बढेपछि विश्वविद्यालयका उपकुलपतिले गृह मन्त्रालयमा पत्र पठाएर सुरक्षा माग गरेका थिए।

सङ्घले सोमबार जारी गरेको  विज्ञप्तिमा सबै समिति विघटन गरेको र यथाशीघ्र नयाँ समिति निर्वाचित गरिने उल्लेख छ।

भदौ २७, २०७९ सोमबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।