हरिवनमा ट्रकले ठक्कर दिँदा मर्निङवाकमा निस्केका रायमाझीको मृत्यु

हरिवनमा ट्रकले ठक्कर दिँदा मर्निङवाकमा निस्केका रायमाझीको मृत्यु

सर्लाही: हरिवन नगरपालिका- १० नयाँरोड चोकमा आज बिहानै ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझी रहेका छन्।

आज बिहान ४ बजे ना८ख ८२६७ नम्बरको ट्रकले ठक्कर दिँदा रायमाझीको घटनास्थलमै मृत्यु भएको हो। उनी बिहान मर्निङवाकको लागि निस्किएका थिए।

ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।

रायमाझीलाई ठक्कर दिएर ट्रक पल्टिएको थियो। हाल ट्रकलाई उठाउने र रायमाझीको शवलाई पोस्टमोर्टम गर्ने काम भइरहेको छ।

भदौ २७, २०७९ सोमबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।