सिर्जनशील लघुवित्तको आईपीओ बाँडफाँट, साढे १८ लाखले आवेदन दिँदा ३६ हजार ८५९ ले पाए शेयर

काठमाडौं: सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सोमबार आज कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
सिर्जनशीलको आईपीओमा १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएका थिए। यसमध्ये एक हजार ३१५ जनाको आवेदन रद्द भएको छ। स्वीकृत आवेदन १८ लाख ३७ हजार ४३६ मध्ये ३६ हजार ८५९ जनाले मात्र शेयर हात पारेका छन्।
सिर्जनशील लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म तीन लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख ७५ हजार र चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको छ।
भदौ २७, २०७९ सोमबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।