आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर

आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि सुनको मूल्य शुक्रबार र आइतबार एउटै थियो। चाँदीको मूल्य भने शुक्रबारदेखि आजसम्म पनि स्थिर नै छ। आज चाँदी तोलामा एक हजार १५० कायम भएको छ।

भदौ २७, २०७९ सोमबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।