पोखरामा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ, एक लाख सात हजार बरामद

पोखरा: तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।
रामबजारबाट खटिएको प्रहरी टोलीले नगद एक लाख सात हजार २५५ रुपैयाँ र २११ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डीएसपी एवं प्रहरी प्रक्ता सुन्दर तिवारीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरूमा पोखरा- ११ रानीपौवा बस्ने ३८ बस्ने ललितकुमार बस्नेत, सोही ठाउँमा बस्ने ३५ वर्षीय रूपक बस्नेत, पोखरा- १३ मियाँपाटन बस्ने ४४ वर्षीय सूर्यकुमारी गुरुङ, बागलुङ जैमिनी हाल पोखरा- ११ फूलबारी बस्ने ४० वर्षीय दीपक खड्का, पोखरा- ७ बस्ने ३१ वर्षीय सूर्य थापा, धादिङ घर भई पोखरा- ११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा- १३ बस्ने ४० वर्षीय आश गुरुङ र लमजुङ राइनास घर भई पोखरा- १० बस्ने ४४ वर्षीया कमला गुरुङ रहेका छन्।
उनीहरूलाई हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी तिवारीले बताए।
भदौ २७, २०७९ सोमबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।