सफ्टवेयरमा समस्या आएपछि ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका चालकहरूले लिनुपर्ने सचेतना कक्षा आजबाट स्थगित

काठमाडौं: ट्राफिक प्रहरीको सफ्टवेयरमा समस्या आएपछि आजबाट अनलाइन सचेतना कक्षा स्थगित गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आइरहेको अनलाइन सचेतना कक्षा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो।
मापसे गरी सवारी चलाएका वा लेन र रातोबत्ती उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूले भौतिक उपस्थितिमा सो कार्यालयमा अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने हुन्छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन बिहान ९ बजेदेखि १० बजेसम्म, १० बजेदेखि ११ बजेसम्म, साढे ११ देखि साढे १२ सम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो २ बजेदेखि ३ बजेसम्म सचेतना कक्षा सञ्चालन हुने गरेका थिए।
भदौ २७, २०७९ सोमबार ०९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।