सभामुखको निम्तोमा चिनिया जनकंग्रेस अध्यक्ष आज नेपाल आउने

काठमाडौँ : सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली झाङ्सु तीन दिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउँदै छन्।
सोमबार अध्यक्ष लीसहित उच्च चिनियाँ अधिकारी नेपाल भ्रमणमा आउन लागेका हुन्। एक साताअघि उनको भ्रमण सार्वजनिक भएको थियो।
सोमवार चिनिया टोली र सभामुखबिच द्विपक्षीय वार्ता हुनेछ। अध्यक्ष ली र प्रतिनिधिमण्डलको सम्मानमा सभामुख सापकोटाले सोमबार रात्रिभोज समेत आयोजना गरेका छन्।
अध्यक्ष लीले २८ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्य तालिका छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लीले भेट्दैछन्।
अध्यक्ष लीले सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काले २८ भदौमा अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको अन्तिम दिन २९ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर सोही दिन साँझ ली दक्षिण कोरियाको औपचारिक भ्रमणका लागि जानेछन्।
भदौ २७, २०७९ सोमबार ०९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।