मापसे गरेर चलाएका आईएसएल र प्रोमिनेट कलेजका बसका चालक कारबाहीमा

मापसे गरेर चलाएका आईएसएल र प्रोमिनेट कलेजका बसका चालक कारबाहीमा

काठमाडौं: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे गरेर स्कुल बस चलाउने दुई जना चालकहरूलाई हिजो कारबाही गरेको छ। आइतबार बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन्।

कारबाही गरिएका चालकहरूमा प्रदेश३-०१-००३क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र बा२१च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भीमनारायण श्रेष्ठ रहेका छन्।

चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन्।

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमअनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरूलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेकजाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ। 

भदौ २७, २०७९ सोमबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।