महिला साफमा आज श्रीलङ्कासँग भिड्दै नेपाल, जितेमा सोझै सेमिफाइनल पुग्ने

महिला साफमा आज श्रीलङ्कासँग भिड्दै नेपाल, जितेमा सोझै सेमिफाइनल पुग्ने

काठमाडौं: जारी महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज नेपाल र श्रीलङ्का भिड्दैछन्। खेल आज साँझ साढे ५ बाट सुरु हुनेछ।

आज नेपाल दोस्रो खेल खेल्दैछ। यसअघि भुटानलाई नेपालले ४-० गोलअन्तरले पराजित गरिसकेको छ।

समूह 'बी' मा रहेको नेपालले आज श्रीलङ्कालाई हराएमा सिधै सेमिफाइनलमा पुग्नेछ। आजको जितले नेपाललाई समूह विजेता पनि बनाउनेछ।

यता श्रीलङ्का पहिलो खेलमा भुटानसँग ५-० गोलअन्तरले हारिसकेको छ। यो समूहमा भुटान दुई खेलमा एक जित हात पारेर बसेको छ।

यता समूह 'ए' बाट भारत र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन्।

भदौ २७, २०७९ सोमबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।