मौसम अपडेट: बागमती, गण्डकी र लुम्बिनीमा भीषण वर्षा

मौसम अपडेट: बागमती, गण्डकी र लुम्बिनीमा भीषण वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

यतिबेला प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ २७, २०७९ सोमबार ०७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।