मिडियाविरुद्ध आक्रोशित हुँदै चोलेन्द्रले भने' कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ'

मिडियाविरुद्ध आक्रोशित हुँदै चोलेन्द्रले भने' कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ'

काठमाडौँ : महाअभियोग सिफारिस समितिमा निरन्तर बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मिडिया सञ्चालक र वरिष्ठ वकिलहरूबिच मुद्दामा मिलेमतो हुने गरेको दाबी गरेका छन्।

उनले मिडियाका प्रकाशक र सम्पादकलाई बोलाएर अदालतले सहने सीमा हुन्छ भनेर चेतावनी नै दिएको भन्दै प्रश्न गरे ' के उहाँहरू मुद्दामा संलग्न हुनुहुन्न? दलालीमा संलग्न हुनुहुन्न?

प्रधानन्यायाधीशलाई बदनाम गरायो भने राजीनामा देला कि भनेर बदनाम गराएको भन्दै उनले नेपालमा हुने हरेक निर्णयमा पत्रकार संलग्न रहेको दाबी गरे। उनीहरूबारे छानबिन गर्न माग गर्दै उनले भने 'जुनसुकै निर्णयमा संलग्न हुने कान्तिपुरका कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ, पत्रकारलाई न्यायाधीश बनाइदिए हुन्छ।'

उनले नेपालका सबै ठुला पत्रकार र सञ्चालकलाई बोलाएर थ्रेट गरेको दाबी गरे। उनले कन्फ्रेन्स नै गरेर 'सबै चिज गर्नुस् सहनशीलतालाई कम नआँक्नुस्, अदालतले एक सीमासम्म धैर्य गर्छ। अदालतलाई चिढ्याउने र ध्वस्त गर्ने काम गरे ठिक हुन्न भनेर चेतावनी दिएको' बताए।

'दलालीमा संलग्न हुनुहुन्न? थाहा छैन ?' भन्दै उनले आफ्नो र आफ्नो परिवारका सबै सदस्यको सम्पत्ति छानबिन गर्न माग गर्दै वरिष्ठ वकिलहरूले कहाँबाट सम्पत्ति जोडेका छन् त्यसको समेत छानबिन गर्न माग गरे।

भदौ २६, २०७९ आइतबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।