ओमप्रकाशबारे चोलेन्द्रको आपत्तिजनक टिप्पणी ' अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ'

काठमाडौँ : सम्पत्ति शुद्धीकरण विभागमा अवैध सम्पत्तिबारे परेको उजुरीबारे महाअभियोग सिफारिस समितिमा प्रश्न सोध्दा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा उत्तेजितहुँदै उजुरीकर्ताको चरित्रमाथि गम्भीर आक्षेप लगाएका छन्।
उनलाई विभागमा परेको उजुरीसँगै बिचौलियाको हकहित संवर्द्धन गरेको र अवैध सम्पत्ति आर्जन गरेको भन्ने आरोपबारे सोधिएको थियो।
उनले सम्पत्ति शुद्धीकरणमा उजुरी दिन डा सुरेन्द्र केसी र ओमप्रकाश अर्याल गएको भन्दै उनले अर्यालको क्यारेक्टरबारे टिप्पणी गर्दै भने 'अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ।'
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरले २ पुन देवी महर्जनलाई न्यायाधीश बनाउन सिफारिस गरेको र आफूले दुवै पटक अस्वीकार गरेको भन्दै उनले भने' महर्जन अर्यालको श्रीमती हो। यसैबाट कुरा बुझौँ।'
उनले त्यही कारण अर्याल नेतृत्व गरेर विभागसम्म गएको र विभागले उजुरीलाई निरर्थक भयो भनेर निर्णय नै गरिसकेको बताए।
उनले २०५९ मा कालिकास्थानमा रहेको पुस्तैनी सम्पत्तिको परिवारमा अंशबन्डा भएको भन्दै उनले कालिकास्थान छाडेको १५ वर्ष भएको बताएका थिए। उनले चार जना दाजुभाइ छुट्टिएको बताएका थिए।
भदौ २६, २०७९ आइतबार २१:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।