कमेडियन अपूर्वले लेखे : बोल्नुपर्ने धेरै छ, एक दिन बोल्ने छु'

कमेडियन अपूर्वले लेखे : बोल्नुपर्ने धेरै छ, एक दिन बोल्ने छु'

काठमाडौँ : नेवार समुदायका संस्कृति, पर्व अनि बोलीबारे ब्यङग्य गर्दा १० दिन प्रहरी हिरासतमा परेका अपूर्व क्षितिज सिंहले फेसबुकमा लेखे' तपाईँहरूले देख्नुभएको १० प्रतिशत मात्रै हो। म एक दिन बोल्नेछु।'

प्रहरीले पहिलो पटक १० दिन अनि दोस्रो पटक पाँच दिन म्याद थपे पनि उनी कोरोना सङ्क्रमित भएपछि जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँको निर्णयबाट उनी तारेखमा मुक्त भएका थिए।

उनले फेसबुकमा लेख्दै स्वास्थ्य अवस्था सुधार भइरहेको उल्लेख गर्दै आफूसँग जे भएको छ त्यसबारे भन्न बाँकी धेरै कुरा भएको भन्दै तर अहिले बोल्ने ठिक समय नभएको उल्लेख गरेका छन्।

उनले आफ्ना विरुद्ध पाँच वटा मुद्दा लागेको र ती सबै विचाराधीन रहेको उल्लेख गरेका छन्। उनले आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिँदै आफूलाई भेट्दा सामान्य रूपमा प्रस्तुत भइदिन अनुरोध समेत गरेका छन्।

भदौ २६, २०७९ आइतबार २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।