राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले फेसबुकमा लेखे' मैले टिम छाडे'

काठमाडौँ : पटक-पटक विवादमा आइरहने राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक पद छोडेको घोषणा गरे।
डेढ वर्षअघि नेपाल राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका उनी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद हुँदै आएको थियो।
एन्फा अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएपछि उनी रुष्ट थिए। पछिल्लो समय भने उनको खेलाडीसँग विवाद भएको थियो। उनले फेसबुकमा नेपाली फुटबल टिमलाई ५ सय २५ दिन सेवा गरेपछि नेपाली राष्ट्रिय टिमको कोचको कार्यकालको अन्त्यको घोषणा गरेको लेखेका छन्।
उनले सबै समर्थकहरूलाई धन्यवाद दिएका छन्।
उनको सन्देश
After 525 days in the service of Nepalese football, I announce the end of my tenure as coach of the Nepal national team. Thank you to everyone who supported me on this journey that was not without moments of joy, love, sadness and pain.
भदौ २६, २०७९ आइतबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।