चोलेन्द्रको दाबी 'कांग्रेस नेतृ डीना आएर दीपकलाई प्रधानन्यायाधीश दिनुस् महाअभियोग फिर्ता हुन्छ भन्नुभयो'

चोलेन्द्रको दाबी 'कांग्रेस नेतृ डीना आएर दीपकलाई प्रधानन्यायाधीश दिनुस् महाअभियोग फिर्ता हुन्छ भन्नुभयो'

काठमाडौँ : संसद्को महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायालय त ध्वस्त भयो नै राजनीति ध्वस्त नहोस् भन्दै दीपक जोशीलाई प्रधानन्यायाधीश बन्न राजीनामा दिए महाअभियोग फिर्ता लिने भन्दै दलका नेताहरू भेट्न आएको दाबी गरे।

उनले राजीनामा दिने हो भने हामी सहजीकरण गर्छौँ, एक डेढ महिना तपाई चलाउनुस् त्यसपछि दीपकले चलाउँछन् भन्दै नेताहरू आएको दाबी गरे।

उनले समितिमा बयान दिने क्रममा को नेताले भने त्यो पनि म भन्दिन्छु। भनेपछि समितिमा सदस्यहरूले 'व्यक्ति त भन्दिनै पर्ने भो' भनेपछि उनले 'अब एउटा सोध्ने हो भने नेपाली कांग्रेसको डीनाजीलाई सोधे हुन्छ। डीनालाई' भनेका थिए।

उनले बयानमा डीना आफ्नै क्वाटरमा आएर यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईँसँग कुरा गर्न आएको हो भन्दै यसलाई हामी फिर्ता लिइदिन्छौ। मिलाएर राजीनामा दिइदिए हुन्थ्यो भनेको दाबी गरे।

उनले भने, ‘उहाँलाई सोध्दा हुन्छ। मेरै क्वाटरमा आएर भन्नुभएको हो।’

त्यसपछि समितिका सदस्यले पुन सोधे' डीना उपाध्याय ?' उनले भने 'हजुर'।

उनी नेपाली कांग्रेसकी सह-महामन्त्री हुन्। 

भदौ २६, २०७९ आइतबार २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।