चोलेन्द्रको दाबी : ममाथि आरोप लगाउनु भनेको न्याय प्रणालीलाई असफल बनाउनु हो

चोलेन्द्रको दाबी : ममाथि आरोप लगाउनु भनेको न्याय प्रणालीलाई असफल बनाउनु हो

काठमाडौँ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकालाई ध्वंस गर्ने गर्न न्याधीशहरुमाथि कल्पनै गर्न नसकिने आरोपहरू लगाइएको दाबी गरेका छन्।

महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका उनले आइतबार संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपबारे आफ्नो सफाइ दिएका थिए। उनले विधि र प्रक्रियाअनुसार नियुक्त भएको आफूमाथि यस्तो प्रकारको आरोप लगाउनु सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको दाबी समेत गरेका थिए।

उनले सबै न्यायाधीश बिचौलिया हुन्, यिनीहरूले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भनेर जति बुँदामा आरोप लगाइएको छ त्यसले संविधानमा परिकल्पना गरेको स्वतन्त्र, सक्षम न्यायपालिकालाई टिकिखान नदिने, बसिखान नदिने र न्यायपालिकालाई ध्वंस गर्ने कामबाट आरोप अघि बढेको दाबी समेत गरे।

उनले यसमा न्यायमा संलग्न व्यक्तिदेखि राजनीतिक दलहरू समेत संलग्न रहेको भन्दै उनले यस्तोमा कुन राजनीतिक दल लागेको आफूले नभन्ने दाबी गर्दै न्यायपालिकालाई ध्वंस गर्न सकियो भने आफ्नो स्वार्थपूर्ति हुन्छ भन्ने मनोभावनाले काम भइरहेको दाबी समेत गरेका थिए।

भदौ २६, २०७९ आइतबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।