आज १ बजे बस्ने भनेको राष्ट्रिय सभाको बैठक बुधबारका लागि सर्यो

फाइल तस्बिर
काठमाडौं: आज दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विशेष कारणवश बुधबार बस्ने गरी बैठक स्थगित भएको हो।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेछ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए।
भदौ २६, २०७९ आइतबार ११:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।