नेविसङ्घले राष्ट्रपतिको पुत्ला जलाएपछि प्रहरी र कार्यकर्ताबीच त्रिचन्द्रमा ढुङ्गा हानाहान

काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घ र नेपाल प्रहरीबीच ढुङ्गा हानाहान भएको छ। त्रिचन्द्र क्याम्पसअगाडि नेविसङ्घले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएपछि सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।
सोही हस्तक्षेपपछि नेविसङ्घले प्रहरीमाथि ढुङ्गा बर्साएको थियो। त्यसपछि प्रहरीले सोही ढुङ्गा टिपेर नेविसङ्घका प्रदर्शनकारीमाथि ढुङ्गा हानेको थियो।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसङ्घले राष्ट्रपतिको पुत्ला जलाएको हो। घटना आज बिहान १० बजे आसपासको हो।
राष्ट्रपतिले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्नुपर्ने नेविसङ्घको माग छ।
भदौ २६, २०७९ आइतबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।