दाङमा मोटरसाइकल र अटो ठोकिँदा तीन जना घाइते

दाङमा मोटरसाइकल र अटो ठोकिँदा तीन जना घाइते

काठमाडौं: दाङको राप्ती गाँउपालिका- ७ मिलनचोकमा हिजो मोटरसाइकल र अटो आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाँउपालिका- ६ का ३० वर्षीय भागिराम चौधरी, पछाडि सवार ३० वर्षीय यकलाल चौधरी र अटो चालक सोही ठाँउकै ४८ वर्षीय रामप्रसाद चौधरी रहेका छन्।

घाइते तीन जनाकै विष्ट पोलिक्लिनिक भालुबाङमा उपचार भइरहेको छ। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ।

हिजो बेलुकी पौने ७ बजे लु११प १६५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा१ह ३५५२ नम्बरको अटो ठक्कर खाएको हो। दुवै सवारी साधन नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सिसहनियाले जानकारी दिएको छ।

भदौ २६, २०७९ आइतबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।