आज पाकिस्तान र श्रीलङ्काबीच एसियाको च्याम्पियन बन्न भिडन्त हुँदै

आज पाकिस्तान र श्रीलङ्काबीच एसियाको च्याम्पियन बन्न भिडन्त हुँदै

काठमाडौं: जारी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज फाइनल खेल हुँदैछ। फाइनलमा पाकिस्तान र श्रीलङ्का भिड्दैछन्।

यसअघि भएको सुपर ४ को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। त्यसमाथि भारतलाई र अफगानिस्तानलाई हराएको अनुभवका कारण पनि आज श्रीलङ्का पाकिस्तानका लागि बलियो प्रतिद्वन्द्वी हुनेछ।

यता पाकिस्तान पनि पछिल्लो दुई खेलबाहेक अन्यमा बलियो नै देखिएको थियो। यी दुई टोलीबीच आज नेपाली समयअनुसार साँझ ७:४५ मा खेल हुनेछ।

पाकिस्तानको नेतृत्त्व बाबर आजमले गर्नेछन् भने श्रीलङ्का दसुन शनाकाको कप्तानीमा मैदान प्रवेश गर्नेछ।

टी ट्वेन्टीमा हालसम्म यी दुई टोली २२ पटक भिड्दा १३ खेल पाकिस्तानले जितेको छ भने ९ खेल श्रीलङ्काले जितेको छ।

भदौ २६, २०७९ आइतबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।