महिला साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत सेमिफाइनलमा

महिला साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ९–० गोलले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौंः महिला साफ च्याम्पियनसिपमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा भारतले अन्तिम समयमा लगातार गोलको वर्षा गरेको थियो। पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा ६ गोल गर्यो।

भारतको जितमा अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गर्दा डाइमेइङ ग्रेसले २, प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले समान १–१ गोल गरे।

त्यसअघि शनिबार नै पाकिस्तानलाई पराजित गरेको बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

भदौ २५, २०७९ शनिबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।