'राजा चाहियो' भन्दै काठमाडौंमा प्रदर्शन, श्रीपेच खोसेर ज्ञानेन्द्रलाई लगाइदिने चेतावनी

काठमाडौंः राजधानी काठमाडौंमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरिएको छ।
शाही युवा शक्ति नेपालले शनिबार नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजा चाहियो भन्दै प्रदर्शन गरेका हुन्।
गणतान्त्रिक व्यवस्था खारेजीको माग गर्दै उनीहरूले भ्रष्ट नेताले देशलाई बर्बाद पारेको आरोप लगाए। नागरिकता विधेयक जबर्जस्ती ल्याइएकोमा विरोध जनाउँदै उनीहरूले दरबारबाट श्रीपेच खोसेर लगाइदिनसक्ने चेतावनी दिए।
प्रदर्शनकारीहरूले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताए।
ज्ञानेन्द्र शाहलाई श्रीपेच नलगाए सार्वभौमिकता र धर्म सकिने उनीहरूको तर्क छ।
भदौ २५, २०७९ शनिबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।