एसिया कपमा सट्टेबाजी खेलाएको अभियोगमा ४ जना पक्राउ

मोरङः एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेलेको अभियोगमा ४ जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–११ बाट ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन्।
एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र नगद १८ हजार ५ सय रूपैयाँ सहित उनीहरूलाई पक्राउ गरिएको हो।
घटनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भदौ २५, २०७९ शनिबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।