पहिलो राष्ट्रिय शक्ति बन्छौं, पुरानो पार्टीमा मिसिन्न : अध्यक्ष भट्टराई
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूको लक्ष्य तेस्रो वैकल्पिक राजनीतिक धारसहितको पहिलो राष्ट्रिय शक्ति बन्ने रहेको बताएका छन्।
शनिबार पार्टीको बागमती प्रदेशस्तरीय अभिमुखीकरणलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले समावेशीता, संघीयता, सुशासन, समृद्धि, समाजवादसहितको तेस्रो वैकल्पिक राजनीतिक धारसहितको पहिलो राष्ट्रिय शक्ति बनाउने संकल्प रहेको बताए।
अध्यक्ष भट्टराईले आफूहरूको विचार र लक्ष्यलाई छाडेर घात नगर्ने बताउँदै पुरानो पार्टीतिर मिसिन्छ भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे।
‘समावेशीता, संघीयता, सुशासन, समृद्धि, समाजवादसहितको तेस्रो वैकल्पिक राजनीतिक धारसहितको पहिलो राष्ट्रिय शक्ति बनाउने हाम्रो संकल्प हो,’ उनले भने, ‘यसलाई त्यागेर पुरानो पार्टीतिर मिसिन्छ कि, भन्ने भ्रममा कोही नपर्नुहोला । र, त्यो हुने छैन। हामीले यो विचार र लक्ष्यलाई छाडेर घात गर्दैनौं।’
भट्टराईले माओवादी केन्द्रसँग आफूहरूको विचार मिल्ने भएकाले उसकै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको जिकिर गरे।
भदौ २५, २०७९ शनिबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।