एन्फा अध्यक्ष र कतार फुटबल संघका अध्यक्षबीभ भेटवार्ता, अल्मुताइरीबारे पनि भयो त कुराकानी?

एन्फा अध्यक्ष र कतार फुटबल संघका अध्यक्षबीभ भेटवार्ता, अल्मुताइरीबारे पनि भयो त कुराकानी?

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीबीच भेटवार्ता भएको छ।

शनिबार कतारको दोहामा भएको भेटवार्तामा फुटबलका विषयमा विस्तृत छलफल भएको एन्फाले जनाएको छ।

स्तै, एन्फालाई कतार फुटबलको सहयोग जारी राख्दै दुई फुटबल संघहरू बीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउनने विषयमा पनि छलफल भएको छ।

भेटमा एन्फा अध्यक्ष नेम्वाङले क्युएफए अध्यक्षबाट मायाको चिनो ग्रहण गरे।

भेटमा नेपाली फुटबलका मुख्य प्रशिक्षकको विषयमा कुराकानी भएको वा नभएकोबारे केही पनि खुलाइएको छैन। नेपाली फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विवादमा तानिएपछि उनी कुबेतमै छन्।

एन्फामा नयाँ कार्यसमिति आएपछि उनलाई सोधिएको स्पष्टिकरणको पनि उनले अहिलेसम्म जवाफ दिएका छैनन्। एन्फाले उनलाई प्रशिक्षक राख्न नचाहेको भए पनि त्यसबारे कतार फुटबलसँग खुलेर भन्न सकिरहेको छैन।

अहिले कतार फुटबलले नेपालको मुख्य प्रशिक्षकको खर्च व्यहोर्दै आएको छ। साथै नेपाल फुटबललाई आवश्यक अन्य सुविधा पनि उसले दिँदै आएको छ।

भदौ २५, २०७९ शनिबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।