सत्ता गठबन्धन एमालेविरोधी अपराधीहरूको डफ्फा : ईश्वर पोखरेल

सत्ता गठबन्धन एमालेविरोधी अपराधीहरूको डफ्फा : ईश्वर पोखरेल

काठमाडौंः एमाले वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन एमालेविरोधी अपराधीहरूको षड्यन्त्रपूर्ण डफ्फा रहेको आरोप लगाएका छन्।

एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधनमा पोखरेलले गठबन्धनसँग कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै उसको उदेश्य एमाले सिध्याउने मात्रै भएको तर्क गरे।

‘न सिद्धान्त, न विचार, न दृष्टिकोण, न कार्यक्रम, न कुनै गन्तव्य,’ उनले भने, ‘यो एमालेविरोधी अपराधीहरूको षड्यन्त्र पूर्ण डफ्फा हो।’

पोखरेलले निर्वाचनपछि गठबन्धनको दुर्दशा देखिने बताउँदै नेता कार्यकर्ताप्रति गठबन्धनको मनोवैज्ञानिक त्रासमा नबस्न आग्रह गरे।

पोखरेलले आफ्नै पार्टीलाई फुटाएर कांग्रेसलाई नेतृत्व गर भन्नेहरू कम्यूनिष्ट रहन नसक्ने धारणा राख्नै गठबन्धनका मतियारहरू वाम मोर्चामा रहन नसकिने बताए।

स्थानीय तहको निर्वाचनमा भएका कमजोरीलाई सच्चाएर आगामी निर्वाचनमा अघि बढ्ने भन्दै उनले एउटा पार्टी सदस्यले ५ मत ल्याउने वातावरण मिलाए पार्टीले बहुमत ल्याउने बताए।

भदौ २५, २०७९ शनिबार १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।