सर्लाहीमा हात्तीले दुईवटा घर भत्कायो

सर्लाहीः जिल्लामा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ।
जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो।
हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए।
हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ। बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।
हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन्। स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ।
भदौ २५, २०७९ शनिबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।