महिला साफमा आज पाकिस्तान-बङ्गलादेश र भारत-माल्दिभ्स भिड्दै

महिला साफमा आज पाकिस्तान-बङ्गलादेश र भारत-माल्दिभ्स भिड्दै

काठमाडौं: जारी महिला साफ च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदैछ। पहिलो खेलमा पाकिस्तान र बङ्गलादेश भिड्नेछन् भने दोस्रोमा भारत र माल्दिभ्स भिड्नेछन्।

पाकिस्तान र बङ्गलादेशबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघि भएको खेलमा पाकिस्तान भारतसँग पराजित भइसकेको हुँदा आज पहिलो जितको खोजीमा रहेको छ। यता बङ्गलादेश भने आज दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो।

दोस्रो खेल भारत र माल्दिभ्सबीच साढे ५ बाट सुरु हुनेछ।

भदौ २५, २०७९ शनिबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।