नागढुङ्गा नजिक ट्रक र मोटरसाइकल ठोकिँदा सुगम तामाङको मृत्यु

नागढुङ्गा नजिक ट्रक र मोटरसाइकल ठोकिँदा सुगम तामाङको मृत्यु
साङ्केतिक तस्बिर

काठमाडौं: नागढुङ्गा चेकपोस्टबाट नौबिसेतर्फ जानेबाटोमा रहेको पात्लेवनमा हिजो बेलुकी ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरका २८ वर्षीय सुगम तामाङ रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। काठमाडौंबाट धादिङतर्फ जादै गरेको ना४ख १०६२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११प २८५८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे आपसमा ठोकिएका हुन्।

ट्रकसहित चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।

भदौ २५, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।